जापानमा नेपाली कामदारकाे न्यूनतम तलब दुई लाख रुपैयाँ हुने


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे दुई देशबीच सोमबार समझदारी भएको छ । एक कार्यक्रमकाबीच नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘एमओयु’ मा हस्तक्षर भएको छ। जापानले आउदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ ।

समझदारी अनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार छनौट हुने भएको छ । ‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्ने छैन, कामदार पठाउने काम सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ’, मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका अनुसार ‘तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने भएकाले सरकारले नै छनौट गर्ने भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभाग अन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरे अनुसारका कामदार पठाउन सहजीकरण गर्ने छ ।

वैदेशिक रोजगारका लागि सरकार आफैं संलग्न भएको यो तेस्रो देश हो । यसाघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । जापानले आवश्यकता अनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापान सरकारको नीति रहेको छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन । कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । नेपाल समाचारपत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com