खाडीबाट फर्किनेमाथि सुरक्षा जाँचमा कडाई


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट नेपाल फर्किनेमाथि सुरक्षाजाँच ‘कडा’ गरिएको छ । सुन तस्करीमा संलग्न गिरोहको ‘सेटिङ’ मा अवैध सुन लुकाइछिपाइ ल्यउने गरिएकाले खाडीबाट फर्किनेमाथि सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

आईतबारमात्र प्रहरीले विमानस्थलको अन्तर्‍ाष्ट्रिय आगमनकक्षको बाहिर पार्किङ् क्षेत्रबाट करिब १२ लाख ८९ हजार रुपियाँ मूल्य बराबरको दुईसय ४९ ग्राम सुनका पाँचथान बालासहित फहिमुदीन मिरुँयालाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारको सिलसिलामा खाडीबाट फर्किएकासँंग स–सानो परिमाणको सुन सङ्कलन गरिरहेको अवस्थामा मिँया पक्राउ परेका हुन । मिँयालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइेको छ ।

यसअघि पनि विमानस्थलको भन्सार सुरक्षा जाँच कक्षमा ‘सेटिङ’ मिलाई अवैध सुन बोकेर ट्याक्सी पार्किङ क्षेत्रमा पुगेका चारजना पक्राउ परेका थिए । ती अभियुक्तको साथबाट जनही एक–एकसय ग्रामको चार थान बाला बरामद गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरू पक्राउ परेसँगै थप रहस्य खुलेपछि महानगरीय प्रहरी विमानस्थल कार्यालयले खाडी मुलुकबाट फर्किने माथि कडाइ गरेको हो । सुन तस्करीमा संलग्न गिरोहले स–सानो परिमाणको सुन लुकाइ छिपाई नेपाल पु¥याए वापत बाटोखर्च दिने गरेको पाइेको छ ।

सरकारले अधिकतम् १० ग्राम सुनको गरगहना ल्याउनलाई भन्सार छुट दिएको छ तर बैदेशिक रोजगारीबाट फर्किएकाले बाला, औंठी तथा सिक्री बनाएर १० ग्रामसम्म देखिने गरी ल्याउने बाँकी लुकाएर ल्याउने गरेको पाइेको छ ।

विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले खाडी मुलुकबाट फर्किने कतिपय व्यक्तिको गतिविधि शङ्कास्पद देखिन थालेपछि सुरक्षा जाँचमा कडाइ गरिएको बताउनुभयो ।

सरकारले तोकेको मापदण्डभन्दा बढी सामान ल्याउने र भन्सार शुल्क नतिर्नेको सामान जफत गर्ने गरेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्ने अधिकांशले भन्सार कार्यालयका कर्मचारीलाई झुक्याएर तस्करी गर्नेगरेको भनाइ प्रहरीको छ ।गोरखापत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com