कोरियाका लागि पहिलो दिनमै ५५ हजार आवेदन दर्ता


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत श्ुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com