फ्लोरिडाको सदनमा पेश बिल पारित भए कागजपत्रविहिनले लाइसेन्स पाउने


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

फ्लोरिडाको सदनमा पेश गरिएको बिल पारित भएमा उक्त राज्यमा रहेका कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स पाउने भएका छन् । बिल पारित भएमा कागजपत्रविहिन आप्रवासीहरुले समेत विदेशी पासपोर्ट वा जन्मदर्ता प्रमाणपत्र पेश गरेर त्यहाँको ड्राइभर लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।

बिलको स्पोनसर डेमोक्रेटिक राज्य सांसद अन्ना एस्कामानीले गरेकी हुन् । गाडी चलाउन जान्ने व्यक्तिले आप्रवासी हैसियत जस्तो सुकै भएपनि लाइसेन्स लिन र कार इन्सुरेन्स प्राप्त गर्न पाउनुपर्ने डेमोक्रेटिक सिनेटर होजे जाभियर रोडरिगेजले जनाएका छन् ।

हाल यदि ७५ प्रतिशत फ्लोरिडाबासीहरुले आप्रवासी हैसियतका कारण ड्राइभर लाइसेनस प्राप्त गर्न नसकेको भएमा बिल पारित भएमा उनीहरुले लाइसेन्स प्राप्त गर्न सक्नेछन् । अहिलेको कानुन अनुशार फ्लोरिडामा ड्राइभर लाइसेन्स लिनका लागि अमेरिकी नागरिकता वा ग्रिनकार्ड पेश गर्नुपर्ने प्रावधान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com