अमेरिकामा प्रचण्डबिरुद्ध उजुरीको ‘नो इन्भेस्टिगेटिभ भ्यालु’


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

अमेरिकी सरकारले सेक्युरिटी क्लियरेन्स दिएर अमेरिकाको भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध अमेरिकामा कुनै उजुरी परेमा त्यो नो इन्भेस्टिगेटिभ भ्यालु अर्थात् अनुसन्धान गर्न नपर्ने श्रेणीमा पर्ने भएको छ । प्रचण्डबिरुद्ध एफबीआईमा उजुरी परेमा त्यसलाई नो इन्भेस्टिगेटिभ भ्यालु अन्तरगत राखिने श्रोतले जनाएको छ ।

प्रचण्डबिरुद्ध एफबीआईमा उजुरी परेको भन्दै समाचारहरु सार्वजनिक भएपनि त्यसको आधिकारिता भने पुष्टी भएको छैन । आधिकारिताको पुष्टीविना नै एफबीआईमा उजुरी परेको भन्दै समाचारहरु सार्वजनिक भइरहेका छन् ।

अमेरिकामा कसैले संघीय कानुनको उल्लंघन गरेको, आतंककारी वा आपराधिक गतिविधि गरेको आंशका लागेमा अनलाइनमार्फत एफबीआईमा टिप्स दिन सकिन्छ । तर गलत नियतवश एफबीआईएमा गलत सुचना प्रवाह गरेको खण्डमा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुशार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुबै सजाय हुनसक्छ ।

सामान्यतया यसरी दिने उजुरी गोप्य रुपमा दिइन्छ भने नाम नखुलाईकन पनि दिन सकिन्छ । पटकपटक अनुसन्धान गर्न लायक नरहेका उजुरी दिने व्यक्तिको उजुरी भविश्यमा एफबीआईले अस्वीकार समेत गर्छ भने एफबीआईले अनुसन्धान गर्न लायक नसम्झेका विषयमा पटकपटक उजुरी दिने उल्टै एफबीआईको निगरानीमा पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ को सेप्टेम्बर ६ मा प्रचण्ड नेतृत्वको माओवादीका कारण अमेरिकाको विदेश नीति र अमेरिकी नागरिकमाथि कुनै खतरा नरहेको भन्दै अमेरिकी सरकारले आतंककारीको सुचीबाट हटाएको थियो । त्यसयता प्रचण्डले पहिलोपटक अमेरिकाको भ्रमण गरेका हुन् । यसअगाडि सन् २०११ र सन् २००८ मा प्रचण्ड अमेरिका आइसकेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com