यसकारण हुँदै छ पुरुष प्रजनन क्षमता ह्रास


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

विगत केही वर्षयता भएका विभिन्न अध्ययनअनुसार पुरुषमा शुक्रकीटको संख्या घट्दो छ र त्यसको गुणस्तरमा पनि ह्रास आइरहेको पाइन्छ । विशेषगरी, अव्यावहारिक र अस्वस्थ जीवनशैलीका कारण प्रजनन क्षमतामा कमी आइरहेको हो । युरोपका विभिन्न देश तथा अमेरिकामा भएका अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष २ प्रतिशत पुरुषमा प्रजनन क्षमतामा ह्रास आइरहेको पाइएको छ ।

यसरी पुरुषमा प्रजनन क्षमता घट्दै जानुमा विभिन्न तनाव, रेडिएसनको प्रभाव, धूम्रपान–मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, अप्रत्यक्ष रूपमा रासायनिक पदार्थको सेवन, मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग आदिलाई प्रमुख कारण मानिन्छ । सामान्यतया प्रजनन क्षमतामा कमी आउने क्रमका दुई चरण हुन्छन्, ओलिगोस्पर्मिया र एजोस्पर्मिया । ओलिगोस्पर्मिया शुक्रकीट उत्पादनमा कमी हुनु हो भने एजोस्पर्मिया शुक्रकीट नै उत्पादन नहुनु हो ।

शुक्रकीट उत्पादनमा कमी हुनुका कारण  
अस्वस्थ खानपान
बदलिँदो जीवनशैलीले हाम्रो खानपानमा परिवर्तन आएको छ । बाहिरको खाना बढी खानुपर्ने बाध्यता, त्यसमा पनि फास्टफुड, ड्राइफुड र जंकफुड । यस्तै खानेकुराको अत्यधिक सेवनले पुरुषको प्रजनन क्षमतामा कमी आइरहेको छ । यी खानेकुरामा हुने विभिन्न रसायनका कारण स्वास्थ्यमा समस्या आइरहेको हो ।
तनाव
लगातार तनावमा रहनाले शरीरमा हार्मोनको असन्तुलन पैदा हुन्छ । यसले गर्दा शरीरमा रक्तसञ्चारमा परिवर्तन ल्याउँछ । जसका कारण शुक्रकीटको संख्यामा कमी आउँछ ।
धूम्रपान–मद्यपान
धुम्रपान र मद्यपान गर्ने व्यक्तिको प्रजनन क्षमतामा ह्रास आइरहेको हुन्छ । यसमा पाइने विभिन्न रसायनले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले शुक्रकीटको चालमा कमी ल्याउने, पूर्ण रूपमा उत्पादन नहुने वा उत्पादनमा बाधा पु-याउने हुन्छ ।
मधुमेह
मधुमेहका कारण रगतमा ग्लुकोजको मात्रा बढी हुँदा पिसाबनलीमा रहेका मांशपेसीलाई कमजोर बनाइदिन्छ । जसले गर्दा स्पर्महरू सजिलै बाहिर आउन सक्दैनन् ।
मोबाइल–ल्यापटप
धेरै समयसम्म खल्तीमा मोबाइल राख्दा र ल्यापटप काखमा राखेर लामो समयसम्म चलाउने पुरुषमा प्रजनन क्षमता कमी आउने गरेको पाइन्छ । यसबाट निस्किने रेडिएसनको असरले प्रजनन अंगमा कमजोरी ल्याउँछ । जसले गर्दा शुक्रकीट उत्पादन नै नहुने र उत्पादन भएमा पनि सबल उत्पादन नहुने हुन्छ ।
अन्य 
यसबाहेक किमोथेरापी गरिहेका र एन्टिडिप्रेसन औषधि प्र्रयोगमा ल्याइरहेका पुरुषको प्रजनन क्षमतामा कमी आइरहेको हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com