ट्वाईलेटमा लडेपछि ऊर्जामन्त्री पुन अस्पताल भर्ना, अवस्था सामान्य


प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको  रिंगटा लागेर ट्वाईलेटमा लडेपछि  उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

नर्भिक अस्पतालका चिकित्सक डा.यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ । डा. भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य छ । मुटुको धड्कन केही तलमाथि भएपनि अवस्था सामान्य रहेको उनले बताएका छन् ।

मन्त्री पुन हिडडुल तथा बोलचाल गर्न सक्ने सामान्य अवस्थामा भएपनि आज भने चिकित्सककै निगरानीमा राखिने बताईएको छ ।  मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् ।

सभामुख कृष्णबहादुर महरा, कानूनी मन्त्री भानुभक्त ढकाल, पूर्व गृहमन्त्री जनार्दन शर्मा लगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको अवस्थाको जानकारी लिएको मन्त्री पुनका नीजि सचिव सन्तोष पुनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com