हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुने सातै जनाको शव श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ८ बजेदेखि टुँडिखेलमा राखिने, श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागि हुने
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको आज हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम पोष्टमार्टम नसकिएकाले शुक्रबार मात्रै हुने भएको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी समेत आउने कार्यक्रम रहेको छ ।
शवको पोस्टमर्टमको काम आज नसकिने भएकाले आजका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको हो । श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।