महानायक हमालले सेवकका परिवारलाई २ करोडको पुर्खौली जग्गा दिए !
प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार
महानायक राजेश हमालले नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सेवा गर्न बसेका परिवारलाई जग्गा हस्तान्तरण गरेका छन् । ६० वर्ष अघिदेखि घरको रेखदेख गर्न बसेका परिवारलाई २ करोड मुल्य बराबरको जग्गा हस्तान्तरण गरेका हुन् ।
देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्र्यौली थलोमा बस्दै आएका परिवारलाई मालापेत कार्यालयबाट निःशुल्क जग्गा पास गरिदिएका छन् । हमालले आफनो हजुरआमाको समय देखि कृषि तथा घरको काममा सहयोग गर्ने ४ परिवारलाई जग्गा प्रदान गरेका हुन् ।
भाई राकेश हमाल सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका हुन् ।
पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि हमालले जग्गा हस्तान्तरण गरेका छन् । यो समाचार मंगलबारको कान्तिपुर दैनिकमा प्रशाशित छ ।





