पोर्चुगलका खेति कम्पनीमा इमिग्रेशनको छापा, श्रम तस्करमाथि निगरानी कडा, टप फाइभमा नेपाली


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

द इमिग्रेशन एण्ड बोर्डस सर्भिस सेफ पोर्चुगलले पोर्चुगलका हजारौं खेति कम्पनिहरुमा छापा बढाएको छ ।

युरोपियन देशहरुबाट पोर्चुगल ओइरिनेको संख्या ह्वात्तै बढ्न थालेपछि आप्रवासीहरु विना तलब श्रम शोषणमा पर्ने तथा आधारभूत आवश्यकता पुर्ति नहुने प्रति चिन्ता व्यक्त गर्दै सेफले यस्तो कदम चालेको हो ।

द इमिग्रेशन एण्ड बोर्डस सर्भिस सेफका अध्यक्ष आकासियो परेराले कृषि क्षेत्रमा श्रम शोषण बढ्दै गैरहेको तथा पोर्चुगलमा विषेशगरी एलेंटेजो क्षेत्र नियन्त्रण बाहिर गएको बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

‘यसरी आउने मनिसहरु कुनै इन्टरनेट साइटमा विज्ञापन गरि मानव तस्करहरुद्धारा पोर्चुगल ल्याइएका हुन् । यहाँ धेरै जसो पिडितहरु पूर्वि युरोप तथा भारत,वंगलादेश,पाकिस्तान र नेपालका रहेका छन्’- सेफले बताएको समाचारमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलको नेशनल रिपब्लिकन गार्ड जिएनआर का एक प्रहरी क्याप्टेन फिलिप माउटसले पोर्चुगलमा मानव तस्करीका घटनाले साँच्चिकै चिन्तित बनाएको बताएका छन् ।

उनको एक टिमले गत हप्ता एलेंटेजो क्षेत्रको ४० हेक्टर क्षेत्रफलमा रहेको एक रस्बरी फार्ममा छापा मारी कामदारको कम्पनी सँगको सम्झौता तथा परिचय पत्रहरुको चेकजाँच गरेको बताएको रोयटर्सले जनाएको छ ।  यसबारे थप समाचारका लागि यहाँ क्लिक गर्नुहोला

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com