थाइल्याण्डको संसदीय निर्वाचनमा झण्डै दश हजार उम्मेदवार !


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

थाइल्याण्डमा आगामी मार्चमा हुने संसदीय निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो ।

थाइल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ । निर्वाचन आयोगले दिएको अन्तिम नामावली अनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com