दाजुभाई दिदीबहिनी ग्रिनकार्डमा ३ महिना अग्रता, २१ बर्ष नाघेका छोराछोरीको जस्ताको तस्तै


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरी र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजु भाई दिदीबहिनीहरुका लागि मार्च महिनामा ग्रिनकार्ड फाइल गर्ने नयाँ मिति सार्वजनिक गरिएको हो ।

२२ अक्टोबर २०११ भन्दा अगाडि प्राथमिक मिति भएका अमेरिकी नागरिकका कुनै पनि उमेरका अविवाहित छोराछोरी भएकाले मार्चमा ग्रिनकार्ड पाउनेछन् भने २२ अप्रिल २०१२ भन्दा अगाडि प्राथमिक मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ । गत महिनाको तुलनामा यो श्रेणीमा ग्रिनकार्ड प्रदान गर्ने मितिले एकमहिना गति लिएको छ भने प्रकृया अगाडि बढाउने मिति २ सातामात्र अगाडि बढेको छ ।

त्यस्तै ८ जनबरी २०१७ अगाडि प्राथमिक मिति भएका अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरीहरुले फरबरीमा ग्रिनकार्ड पाउनेछन् भने ८ डिसेम्बर २०१७ भन्दा अगाडि प्राथमिक मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ । गत महिनाको तुलनामा यो श्रेणीमा ग्रिनकार्ड प्रदान गर्ने मितिले ५ हप्ता गति लिएको छ भने प्रकृया अगाडि बढाउने मिति एकसातामा अगाडि बढेको छ ।

त्यसैगरी ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका सन्दर्भमा फरबरी महिनामा १ अगस्त २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड पाउनेछन् भने २२ जुन २०१४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ । गत महिनाको तुलनामा यो श्रेणीमा ग्रिनकार्ड प्रदान गर्ने मितिले तीनमहिना गति लिएको छ भने प्रकृया अगाडि बढाउने मितिमा कुनै फेरबदल आएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा ८ सेप्टेम्बर २००६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुकालाई ग्रिनकार्ड प्रदान गरिनेछ भने १ मार्च २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ ।गत महिनाको तुलनामा यो श्रेणीमा ग्रिनकार्ड प्रदान गर्ने मितिले दुईसातामात्र गति लिएको छ भने प्रकृया अगाडि बढाउने मिति एकमहिना अगाडि बढेको छ ।

अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका दाजुभाई दिदीबहिनीहरुका लागि फाइल गरिएको ग्रिनकार्डको सन्दर्भमा २२ सेप्टेम्बर २००५ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलाई ग्रिनकार्ड प्रदान गरिनेछ भने २२ जुन २००६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको ग्रिनकार्ड प्रकृया अगाडि बढाइनेछ । गत महिनाको तुलनामा यो श्रेणीमा ग्रिनकार्ड प्रदान गर्ने मितिले तीनमहिना गति लिएपनि प्रकृया अगाडि बढाउने मितिभने एकसातामात्र अगाडि बढेको छ ।

उल्लेखित मिति नेपालीहरुका सन्दर्भमा लागु हुनेछ भने चीन, भारत, मेक्सिको र फिलिपिन्सका नागरिकहरुको सन्दर्भमा छुट्टै सिमाबन्दी तोकिएको छ । विस्तृत विवरण मार्च महिनाका लागि जारी गरिएको भिसा बुलेटिनमा हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com