पहेँलो फर्सी :स्वास्थ्यको लागि फाइदै फाईदा


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको कैंडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार धेरै स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्छ भन्ने मान्यता छ । फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ । निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ । रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

पहेँलो फर्सी उसिनेर र तरकारी पकाएर खाइन्छ । भोक मेटाउन उपयोगी यसमा प्रशस्त पोषण हुन्छ । शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com