‘भ्यालेनटाइन डे’मा चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ। प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागानुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन्। उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ।

गुलाबको कम उत्पादन भैरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गरेका हुन्।

रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उनका फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन्। “दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भने”, वैशाखमा लगाइेको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो।”

प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहीका उनले बताए। बिरुवा रोपेको छ महीनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मङ्सिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनको भनाइ थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४१५ पर्छ। “गुलाब उत्पादन गर्न खर्चिलो छ, पन्तले भने”, एउटा बिरुवाको रु १०० पर्छ।” हल्याण्डबाट ल्याएको माउबोटलाई उनले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गरेका हुन्।

यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ। “नेपालमा उत्पादन गर्नसके बजारको कुनै समस्या छैन। बीसदेखि ३० डिग्री तापक्रम र करीब १२ घण्टा उज्यालो भयो भने गुलाब राम्रो फुल्छ।

चितवनको मौसमानुसार उज्यालो पुग्ने बेला तापक्रम बढी हुने र तापक्रम ठिक्क हुने बेला उज्यालो पुग्दैन”, पन्तले भने, “मौसमको अनुकूलता नमिल्ने भएका कारण जति उत्पादन हुुनुपर्ने हो त्यो अनुपातमा हुन सकेको छैन।”

विदेशमा बत्तीको व्यवस्था गरेर उज्यालो बनाइेको हुन्छ, त्यो प्रविधि जोड्न खर्चिलो छ, एक किसानले मात्रै सम्भव छैन भन्दै उनले प्रविधिमा पछाडि परेकै कारण गुलाब खेती क्रमशः घटदै गएको जानकारी दिए।

विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भैरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो थियो। चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन्। नारायणगढमा गुलाबलगायतको फूलको व्यापार गर्ने आधा दर्जन पसल छन्।

गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ। नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ।

पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गरेका छन्। उनले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com