ट्रम्पको तौल ११० किलो !


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तौल पछिल्लो पटक उनको चिकित्सकीय जाँच भएको भन्दा बढेको छ तर उनी ‘एकदमै स्वस्थ’ रहेको उनका आधिकारिक चिकित्सक सन कोन्लेले बताएका छन्।

ट्रम्पलाई अब उनको कोलेस्टेरोल स्तर घटाउन थप मात्राको औषधि दिइनेछ। गत साता गरिएका जाँचमा उनको वजन ११० किलो रहेको पाइयो। एक वर्षअघि उनी करिब १०८ किलोका थिए।

उनको उचाइ ६ फिट ३ इञ्च रहेको छ। अन्य चिकित्सकहरूले उनको बडी मास इन्डेक्स ‘बीएमआइ’ भनिने तौल र उचाइको अनुपातसम्बन्धी सूचकले ३० नाघेको हुनाले उनी चिकित्सकीय भाषामा ‘मोटो’ भएको जनाएका छन्।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको अधिकारीहरूले जानकारी दिएको केही मिनेटमा उनको स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पलाई सामान्य किसिमको मुटु रोग छ र उनलाई करिब पाँच किलो जति तौल घटाउन भनिएको थियो।  उनलाई फास्ट फुड भनिने बर्गर जस्ता खानेकुरा तथा डाइट सोडा मन पर्ने बताइन्छ।

खर्चबन्दीका बेला खाना आपूर्ति गर्ने संघीय कर्मचारी क्रियाशील नभएको भन्दै ट्रम्पले ह्वाइट हाउसमा ३ सय बर्गर, पिज्जा तथा फ्राइज मगाएका थिए। तिनको पैसाले आफैँले तिरेको पनि उनले बताएका थिए। स्वास्थ्यस्थितिलाई लिएर उनले विगतमा निकै प्रश्न पनि बेहोरे।

उनले कहिले पनि रक्सी नपिएको बताइन्छ। साथै, उनी चुरोट पनि पिउँदैनन्।

फेसबुकमा शेयर गर्नुहोस् । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com