मौषमका कारण न्युयोर्कमा स्थगित युएससीआईएस अन्तरवार्ता अर्को मितिमा


प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार

मंगलबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका कार्यालयहरु दिउसो एकबजेपछि बन्द भए । मंगलबार एकबजेपछि तय भएका अप्वाइन्टमेन्ट र अन्तरवार्ताका लागि नयाँ मिति प्रदान गरिने युएससीआइएस प्रवक्ता क्याथरिन टिकचेकले जनाएकी छिन् ।

नयाँ मितिसहित आवेदकलाई युएससीआईएसले छुट्टै पत्र पठाउनेछ । मंगलबार अन्तरवार्ता र अप्वाइन्टमेन्ट तय भएका आवेदकहरुले आफ्नो मेलबक्स चेक गर्न युएससीआईएसले सुझाव दिएको छ ।

बेला बेलामा खराब मौषम र आकस्मिक विदाका कारण युएससीआईएसका अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु प्रभावित हुने गरेका छन् । तर अमेरिकी सरकार शटडाउनका बेलामा भने युएससीआईएसका अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु प्रभावित हुँदैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com