यस्ता छन् सरकार शटडाउन अन्त्य गर्न सिनेटमा ल्याउन लागिएका प्रस्ताव
प्रकाशित मिति : माघ ९, २०७५ बुधबार
विहिबार अमेरिकी सरकार शटडाउनका लागि सिनेटमा दुईवटा प्रस्तावहरुमा मतदान हुनेछ । एउटा प्रस्ताव रिपब्लिकनहरुको समर्थनमा ल्याउन लागिएको छ भने अर्को डेमोक्र्याट्सहरुको । तर दुईवटै प्रस्तावहरु पारित हुने सम्भावना भने न्यून रहेको छ ।
रिपब्लिकन सिनेटर मिस म्याक्कोनेलले शटडाउन अन्त्यका लागि ट्रम्पको सिमानामा पर्खाल लगाउने योजना समेटेको प्रस्ताव ल्याउने भएका छन् । उक्त प्रस्तावमा पर्खाल बापत डाका र टीपीएसवालालाई अस्थायी सुरक्षा प्रदान गर्ने विषय समेटिएको छ ।
अर्को प्रस्ताव सिमानामा पर्खाल लगाउने विषय नसमेटिएको डेमोक्रेटिक पार्टीका तर्फबाट पेश गरिने प्रस्ताव हुनेछ । शटडाउन अन्त्यका लागि पेश गरिने उक्त प्रस्ताव प्रतिनिधिसभाबाट भने पारित भइसकेको छ ।
रिपब्लिकनको प्रस्ताव पारित गर्नका ७ जना डेमोक्रेटिक सिनेटरहरुले मतदान गर्न जरुरी छ भने डेमोक्र्याट्सको प्रस्ताव पारित गर्न १३ जना रिपब्लिकन सिनेटरहले मतदान गर्न जरुरी छ । अहिलेको अवस्थामा दुबै असम्भवप्राय रहेको विश्लेषण गरिएको छ ।





