न्युयोर्कमा खतरनाक चिसो, सन् १९८५ कै चिसो जनवरी २१
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
न्युयोर्कमा सोमबार खतनारक रुपमा चिसो बढेको छ । न्युयोर्क, न्युजर्सी र कनेक्टिकट लगायतका क्षेत्रमा बढेको चिसोका कारण जनजीवन प्रभावित भएको हो ।
सोमबार विहान सेन्ट्रल पार्कको तापक्रम तीनबर्ष यताकै सबैभन्दा चिसो अनुभव गरिएको जनाइएको छ ।

चिसो हावाका कारण सोमबार न्युयोर्कबासीहरुलाई घर बाहिर निस्कन निकै मुस्किल भएको छ । जनबरी २१ को दिन न्युयोर्कमा यति धेरै चिसो भएको सन् १९८५ यताकै पहिलोपटक भएको जनाइएको छ ।
मंगलबार भने न्युयोर्कको तापक्रममा केही सुधार हुने अपेक्षा गरिएको छ ।







