परीक्षा दिन पोखरा हिडेका राजेशको सपना आधा बाटोमै टुङ्गियो


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

बुधबार साँझ क्याम्पसचोकमा आइएलटिएस परिक्षाको तयारीका लागी केही पुस्तक हातमा लिएर हिडेका रघुगंगा गाउँपालिका–६ पाखापानीका २१ बर्षिया राजेश पुनले माउण्ट एभरेष्ट आवासीय माविका राजु केसीलाई आफ्नो समेत परिक्षाको तयारीामा रहेको सुनाएका थिए । उच्च शिक्षापछिको योजनाका बारेमा पुनसंग केसीले पनि धेरै कुराकानी गरे ।उच्च शिक्षा अध्ययनका लागी आइएलटिएसको तयारीमा रहेका पुनले माउण्टमै कक्षा ६ देखी १२ सम्मको पढाई सकेका थिए।

‘उनीले विहानै काठमाण्डौ जाने योजना सुनाएका थिए,‘भोलिपल्ट नै अप्रिय घटना सुनियो’ केसीले भने । उनले घरको आर्थिकस्थीति उकास्न विदेशमा जाने विकल्पलाई पुनले पहिलो प्राथमिकतामा राखेका थिए । सिधै काठमाण्डौको बसमा जाने योजना बनाएपनि साथी एक्लै भएकाले संगै जाने प्रस्ताव गरेको समेत केसीलाई बताएका थिए ।

विहान बेनीबाट पोखरासम्म गएर त्यहाँ साथीको मोटरसाईकलमा काठमाण्डौ जाने योजना सहित बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्बरको बसमा चढेका पुनको मालढुंगामा दुर्घटनामा ज्यान गएको छ ।पुनले बसमा प्रवेशगर्दा वित्तिकै आफ्नी दिदीलाई फेसबुकमा समेत काठमाण्डौ जान लागेको जानकारी गराएको परिवारलाई उद्धित गदैं केसीले बताए । बाल्यकालमा पाखापानीको अमर माविबाट आधारभुत तहमै अध्ययन गर्न बेनीमा आएका पुन मंगला गाउँपालिका ५ अर्मनका मृगौला पीडित शुरेश बचाउ अभियानमा समेत सक्रिय थिए ।

आफ्नै सहकर्मीको उपचारमा उनले आर्थिक जुटाउन खेलेका भूमिकालाई समेत विद्यालयले सम्झिएको छ । त्यस्तै खेलकुद प्रतियोगितामा समेत सक्रिय पुनले दुईपटक माउण्टबाट जेसीज कपमा सहभागिता जनाएका छन् । उता साविकको पाखापानी गाविस वडा नं २ का बासिन्दा पुनको मृत्युको खवरले गाउँमै स्तब्ध भएको छ । वडा अध्यक्ष मनकुमार पाईजाका अनुसार दुर्घटनामा परेको जानकारी पाएपछि खोजीकार्य गर्दा पुनको मृत्युको खवर सुनेपछि दुख लागेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले गाउँमा हुने सामाजिक गतिविधिमा समेत पुनल आफ्नो क्षमताले भ्याएसम्म सघाउने गरेको स्थानीयको भनाई रहेको बताए । बिहिबार दुर्घटनामा परेका पुनको दिउँसो मात्रै नागरिकताबाट परिचय खुलेको थियो । उनको शुत्रबार अन्तेष्टी गरिने छ । दुर्घटनामा पुन सहित ७ जनाको घटनास्थल र उपचारको क्रममा मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । राजमार्ग भइरहेको सडक मर्मतका कारण तिब्र गतीमा गड्ने गरेका सवारीसाधनका कारण यात्रा असुरक्षित बन्दे गइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com