राजधानीमा बालबालिका यौन दुराचारीबाट असुरक्षित


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

बाल यौन दुराचार (यौन व्यवसाय) मा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई मुख मैथुनलगायतका यौन क्रियाकलापमा संलग्न गराउन बालक उपलब्ध गराउदै आएको छ सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहरीको। केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्प सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुव्र्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ । उद्दार गरिएका बालकहरु १२देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।

घटना १
नाम : माइसेन हेन्ड्रिक वोटो (नेदरल्यान्ड)
मुद्दा : काठमाडौंमा एक बाल बालसुधार गृह सञ्चालन गरी सडक बालकलाई नुहाउने, नुहाएको निहुमा नाङगै राख्ने, नाङगो फोटो खिचाउने, बेलुका नाङगै सुताउने, अप्राकृतिक मैथुनमा संलग्न गरउने कार्य गरेको सर्वोच्च अदालतले २०६९ मा सजाय सुनाएको ।
घटना २
नाम : अर्नेस स्याम्विक म्याकेन्टस् (क्यानडा), बर्ष : ६०
२०७१ पुष ४ गते ललितपुरका १५ बर्षीय बालकलाई ३ पटकसम्म जवरजस्ती बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत ललितपुरले ७ बर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनायो । पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ बर्ष जेल सजाय र ३ लाख रुपैयाँ क्षतिपूर्ति भरायो ।
घटना ३
नाम कोनिक जोसेफ कन्मस (अमेरिका), बर्ष : ४८
नाम : कोनिकका सहयोगी नेपाली नागरिक स्वयम्भुका चुच्चे भन्ने बुद्ध पुतलर (नेपाल), बर्ष : २१  । यस्ता थुप्रै बाल यौन दुराचारका घटनाहरु छन् । सहरमा बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढिरहेको छ । यसले भयावह रुप लिने खतरा बढिरहेको छ । यो खबर आजको नेपाल समाचार पत्रमा  छापिएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com