संविधानले जनतालाई अधिकार दिएको छ : अध्यक्ष प्रचण्ड
प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताउनुभएको छ ।
मकवानपुरको एक कार्यक्रममा बोल्दै ,उहाँले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताउनुभयो । गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो ।
अध्यक्ष दाहालले जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा निर्माण हुन लागेको शहीद पार्ककोसमेत शिलान्याश गर्नुभयो । सदरमुकामबाट ५८ किमी पूर्वमा रहेको सो गाउँपालिकाले अहिले गाउँतहमा गएर जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराएको अध्यक्ष सर्केश घलानले बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।





