निःशुल्क मृगौला परिक्षणको सेवा लिन स्वास्थ्य मन्त्री थापाको आह्वान


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

 स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्र्नु भएको छ । नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो ।

हरेक ६/६ महिनामा मृगौला रिक्षण गर्नु पर्ने भएपनि नेपालमा धेरैले परिक्षण नगरेकाले गाँउ गाँउमा परिक्षणको अवस्था गरिएको मन्त्री थापाले बताउनु भयो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको छ । आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ । चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था गएिको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिनुभयो । गाँउ गाँउमा निःशुल्क मृगौला परिक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि आज नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा १३२ जना पत्रकारको मृगौला परिक्षण गरिएकोमा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिईएको थियो । प्रेस युनियनको रजत उत्सवका अवसरमा स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा मृगौला परिक्षण कार्यक्रम आयोजना गरिएको हो । मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com