पुनर्निर्माणको लागि उठाइएको पैसा कता पुग्यो : कांग्रेसका सांसद
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित गरेको रकम बा रे सदनलाई जानकारी गराउन प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुर्ननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरे ।
सांसद मिनेन्द्र प्रसाद रिजालले भूकम्पपछिको पुनर्निर्माणका लागि दुरसंचार सेवामा थप एक प्रतिशत शुल्क संकल गरि उठाएको रकम बारे सरकारको जवाफ मागेका छन् ।
भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोडसहित दुरसंचार सेवा प्रदायक कम्पनीले २ अर्ब ५० करोड भन्दा बढी रकम सरकारलाई बुझाएको भन्दै पुरातात्विक महत्वका संरचना पुनर्निर्माणका लागि भनि उठाएको पैसा कहाँ छ भनि प्रश्न गरेका हुन् ।
उनले भने ‘नारामा खुब मेरो धरहरा मै बनाउँछु भनेर डंका हाकिएको छ, तर त्यो बेला उठेको पैसा, भूकम्पपछिको पुनर्निर्माणको लागि उठाइएको पैसा कता पुग्यो रु सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउँछु । ’
त्यस्तै सांसद राजेन्द्र केसीले राष्ट्रिय पुनर्निर्माण कोष अन्र्तगत छुटै कोष निर्माण गरि दुरसंचार संस्थानबाट संकलित १ प्रतिशत रकम जम्मा गर्ने र पुनर्निर्माणमा लगाउने भन्ने विषय बारे सरकारको ध्यानाकर्षण गराउन माग गरे ।






