९२ जना यात्रा गरिरहेको रूसी सेना विमान आइतबार दुर्घटनामा परेको छ । विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्क बिहीन भएको थियो । मस्कोबाट उडेको विमान इन्धन हाल्नका लागि सोचीको विमानस्थलमा अवतरण गरिएको थियो । र, त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उडेको हो । दुर्घटनाबाट विमानमा सवार यात्रुहरूको अवस्थाबारे भने जानकारी आइसकेको छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।