के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ : हिसिला यमी


प्रकाशित मिति : पुस १०, २०७३ आईतबार

 

नेपालमा हिटलर जन्मने सम्भावना :
‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन ।

माओवादीभित्र सामन्तवाद
माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाबुराम भट्टराईसँग विवाह गरिसकेपछि ‘तिमी त बाहुनी भइसक्यौ, खोइ त नाक छेडेको, खोइ त तिलहरी लगाएको, खोइ त सारी लगाएको भन्थे ।

मोहन वैद्य स्पष्ट
दुई लाइन संघर्ष शुरु देखिकै हो । मोहन वैद्यको लाइन स्पष्ट थियो । उहाँ असाध्यै केन्द्रीकृत आफ प्रचण्डपथलाई प्रचण्डवाद भन्नुपर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले जहिले पनि आन्तरिकभन्दा पनि बाह्य शक्तिलाई मुख्य दुस्मानका रुपमा लिनुहुन्थ्यो । जब कि हामी आन्तरिक जनवादका लागि लड्थ्यौँ । ‘स्टालिनको ३३ प्रतिशत नकारात्मक पक्षबाट पाठ सिकेर पार्टीभित्र स्टालिनवाद हाबी हनुहुँदैन हाम्रो प्रधान अन्तरविरोध भनेको राजतन्त्र, सामन्तवाद नै हो,’ भनेर हामी निरन्तर लाग्यौँ । प्रचण्ड आफ्नो स्वार्थ हेरेर बीचमा रहनुभयो । त्यसले गर्दा न हामीले जित्न सक्यौँ, न वैद्यले जित्न सक्नुभयो । अहिले देशमा जुन दुर्गति भइरहेको, यसमा हदसम्म प्रचण्डको प्रवृत्ति पनि जिम्मेवार छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल साप्ताहिकले नयाँ शक्तिकी नेतृ हिसिला यमीसँग गरेको कुराकानी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com