गाउँलेलाई चासो राख्नु सहरको रमझमले दिदैन प्रिय !


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

निरव राई

तिम्रो गल्ती छैन प्रिय यो सहरको दोष हो सबै सहर पुगेपछि गाउँ सम्झनु एउटा गाउलेलाई चासो राख्नु सहरको रमझमले दिदैन प्रिय यहाँ गाउँमा गाईको गोठ छ प्रत्येक बिहान घाँस काट्नु हरसाँझ गोबर सोहर्नु तिम्रो सहरमा मात्रै डेरी छ चिज, दहि, दूध त्यहीँ छ घाँस, सोत्तर र गोबर सोहर्न छैन ।

विदेशी परफ्युम र गोबरी गन्ध आकाश र पाताल हुन भेट नहुने सहर विदेशी परफ्युमले सुगन्धित मेरो गाउँ गोबरको बासनामा रमेको छ गहुँ र धान झुल्ने खेत, मकै फल्ने बारी हलो जोत्ने कोदालो खन्ने मेरो गाउँ ढिडो र गुन्द्रुक उमालेर साँझबिहान सिस्नु, कर्कलो र भ्याकुर उसिनेर आधा गाँस बाडेर बाच्ने मेरो गाउँ ।

पिज्जा र ब्रेड पाक्ने फ्याक्ट्री छ सहरमा फ्रेस हाउसमा पोर्क र चिकेन जोखिन्छ कर्जीमर्जी भेजा लाइरहेछ मेरो गाउँ मूल्य –मूल्यमा बिक्री हुने तिम्रो सहर अर्म पर्ममा युगौँयुग बाचिरहेछ गाउँ भालेको डाकसँगै ढिक्की कुट्नु जाँतो पिस्नु नाडीका चुरा बजाउँदै सामल छिन्कनु भुजा फल्ने होलसेल छ सहरमा तरकारी र फलफुल दिने सुपर मार्केट छ महलमहल पुर्याउन ल्याउने सेवा छ सहरमा तिम्रो गल्ती छैन प्रिय सहरले ढिकी, जाँतो र नाङ्लो चलाउन दिदैँन कोदालो खन्न, घाँस सोत्तर काट्न घृणा गर्छ तिम्रो सहरले माटो छुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भीरमा सुनाखरी टिप्दै तिमीलाई सम्झन्छु गुराँस फक्रेपछि तिम्रो माया फुल्छ फेरि तिम्रो यादमा तर्पिएर ओइलाउछ गाउँमा व्यस्त भीडमा उभिरहेकी हौला सहरमा प्रिय कागजको फूल बोकेर तिमी । महङ्गो छ अरे, सुन्छु म त्यो सहर तिम्रो माया पनि महङ्गियो होला म सस्तो गाउँमा मकै खादै रम्ने गाउले पानीसम्म किन्न जानेको छैन मेरो गाउँ लामालामा सुस्केरा लिदै वन जानू दाउराको भारी बोकेर फर्कनु घर सिमाना विहीन मेरो गाउँ छेकिएको छैन सहरझैँ तारघेराले आउनु प्रिय त्यो सहरदेखि गाउँ हेर्न कोशेसी माया दिन्छु वाचा भयो तिमीलाई भुल्ने छैनौ, तिमी पनि यो गाउलेलाई ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com