गाउँलेलाई चासो राख्नु सहरको रमझमले दिदैन प्रिय !
प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार
निरव राई
तिम्रो गल्ती छैन प्रिय यो सहरको दोष हो सबै सहर पुगेपछि गाउँ सम्झनु एउटा गाउलेलाई चासो राख्नु सहरको रमझमले दिदैन प्रिय यहाँ गाउँमा गाईको गोठ छ प्रत्येक बिहान घाँस काट्नु हरसाँझ गोबर सोहर्नु तिम्रो सहरमा मात्रै डेरी छ चिज, दहि, दूध त्यहीँ छ घाँस, सोत्तर र गोबर सोहर्न छैन ।
विदेशी परफ्युम र गोबरी गन्ध आकाश र पाताल हुन भेट नहुने सहर विदेशी परफ्युमले सुगन्धित मेरो गाउँ गोबरको बासनामा रमेको छ गहुँ र धान झुल्ने खेत, मकै फल्ने बारी हलो जोत्ने कोदालो खन्ने मेरो गाउँ ढिडो र गुन्द्रुक उमालेर साँझबिहान सिस्नु, कर्कलो र भ्याकुर उसिनेर आधा गाँस बाडेर बाच्ने मेरो गाउँ ।
पिज्जा र ब्रेड पाक्ने फ्याक्ट्री छ सहरमा फ्रेस हाउसमा पोर्क र चिकेन जोखिन्छ कर्जीमर्जी भेजा लाइरहेछ मेरो गाउँ मूल्य –मूल्यमा बिक्री हुने तिम्रो सहर अर्म पर्ममा युगौँयुग बाचिरहेछ गाउँ भालेको डाकसँगै ढिक्की कुट्नु जाँतो पिस्नु नाडीका चुरा बजाउँदै सामल छिन्कनु भुजा फल्ने होलसेल छ सहरमा तरकारी र फलफुल दिने सुपर मार्केट छ महलमहल पुर्याउन ल्याउने सेवा छ सहरमा तिम्रो गल्ती छैन प्रिय सहरले ढिकी, जाँतो र नाङ्लो चलाउन दिदैँन कोदालो खन्न, घाँस सोत्तर काट्न घृणा गर्छ तिम्रो सहरले माटो छुन ।






