शान्ति प्रक्रियाको बाकी काम चाडै टुंगिने – अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाकी काम चाडै टुंगिने बताउनुभएको छ ।

बुधबार कास्कीको मादी गाउ“पालिका वडा नम्बर १ सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारकको अनावरण गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही र सरकारले जोखिम मोलेर शान्ति प्रक्रियाको थालनी गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी कामहरु छिट्टै टुंगो लगाउने उल्लेख गर्नुभयो ।

उहाले नेपालको शान्ति प्रक्रिया विश्वका लागि अध्ययनको विषय भएकाले बताउदै शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताउनुभयो । भूमिगत रहेका प्रचण्ड सिक्लेसमा पहिलो पटक सार्वजनिक हुनुभएको थियो ।

नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डस“ग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन आफु सिक्लेस पुगेको स्मरण गर्नुभयो । उहा“ले गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com