विधानसभा चुनावमा हारको नतिजापछि प्रधानमन्त्री मोदीले यस्तो भने


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । पाँच राज्यमा भएको विधानसभा चुनावमा बीजेपी कांग्रेसभन्दा पछि देखियो । तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ ।

मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । किनकी बीजेपीलाई सरकारमा पुर्‍याउन यी राज्यले अहम भूमिका खेलेका थिए । यो चुनावलाई सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको थियो ।

मध्य प्रदेशका कांग्रेस प्रदेश कमिटि अध्यक्ष कमलनाथले राज्यपाल आनन्दी बेन पटेलसँग समय माग गर्दै चिट्ठि लेखेका छन् । चिठ्ठिमा कमलनाथले लेखेका छन् ‘मध्यप्रदेशमा कांग्रस ठूलो पार्टी बनेको छ । निर्दलीय उम्मेदवारहरुले पनि कांग्रेसलाई समर्थन गर्ने भनेका छन् । यस्तो अवस्थामा म तपाईंसँग भेट्न चाहान्छु ।’

यसैबीच राति १० बने प्रधानमन्त्री मोदीले कांग्रेसलाई जितको लागि बधाई दिएका छन् । यस्तै मोदीले तेलंगानामा केसिआर र मिजोरममा एमएमएफलाई पनि जितका लागि बधाई दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ‘विधानसभा चुनावमा बीजेपीका कार्यकर्ताले दिनरात मेहनत गरेका छन् । म उनीहरुको मेहनतको सम्मान गर्छु । हारजित भनेको त जिन्दगीका हिस्सा हो ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com