नेपाली सेनाको क्रुर कर्म: १५ दिने शिसुसहितकी महिलालाई समेत छोडेनन् !


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ साबिकको सिबपुरको लठुवा र मोतिपुरमा निकुञ्ज कार्यालयले गए रातिदेखि काठ तस्कर गरेको आरोपमा स्थानीयवासीको घर खान तलासी गरेको छ ।

नेपाली सेना र ग्यामिस्कोटको हातहतियारसहित टोली गाउँ पसेर बिद्यार्थी, महिला, बुढा र सुत्केरी महिला समेतलाई अनावश्यक रुपमा तर्साउने, केरकार गर्ने, थर्काउने, गाली गर्ने गरेको स्थानीयले बताएका छन् । मान्छे नभएका घरमा समेत ताला समेत तोडेर खानतलासी गरिएको छ ।

८० भन्दा बढी घरधुरी रहेको सो गाउँबाट ११ जना भन्दा बढी बिद्यार्थी र ६९ वर्षीया वृद्ध र बिगत १० बर्ष पहिले घरमा राखेको काठ जफतगरि निकुञ्जको कार्यालय लगेको वडा नम्बर ६ का अध्यक्ष भवानी भुसालले जानकारी दिए । अध्यक्ष भुसालले भने,‘ घाँस दाउरा पनि प्रयोग गरेका छन, जङ्गलको हात्ती आएर मान्छे मार्दा, घर भत्काउदा, नाली बाली खादा चाहिँ मौन बस्ने निकुन्ज हामिले घाँस दाउरा उपभोग गर्दा बाघ, हात्तीमारे जसरी बस्तिमा हात हतियार सहित सेना पठाएर जनतालाइ दुख दिनु कहाँसम्मको न्याय हो ?’ अध्यक्ष भुसालले तत्काल निकुन्जले ज्यादती नरोके जनाता चुप लागेर नबस्ने चेतावनी दिएका छन।

अहिले पनि हतियार सहित सेनाले गाउँमा गस्ती गरिरहेकाले स्थानिय बासी आफ्नो घर भित्र छिर्ने समेत आट गरेका छैनन् । यस्तै अबस्था रहे जनता र निकुन्जबीचको बिबाद बढने खतरा रहेको स्थानिय बासी बताउने गरेका छन् । निकुन्जको दादागिरी र जनतालाई दुख दिने प्रबृत्ति प्रती स्थानिय जनता आक्रोसित हुदै गएका छन् । निकुन्ज छेउमा रहेका बस्तिमा घास, दाउरा र काठ हुनु कुनै अपराध होइन, जङ्गलको संरक्षण समेत स्थनियले गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानियले निकुञ्जको संरक्षणमा खलल पुर्याउनेलाई हामी सबै मिलि दण्डित गर्नु पर्ने ठाउँमा कथित संरक्षणकर्मिले भित्रयाएको आतंक भएको बताए । निकुञ्जले बालबालिका, गर्वती महिला र १५ दिनको बच्चा लाई समेत निकुञ्जको चिसो घरमा हिजोदेखि राखेको छ ।

महिला हिंसा विरुद्दको अभियान चलिरहेको बेला १५ दिनको एक शिशु र सुत्केरीले समेत निकुञ्जले बन्दिगृह भित्र सिमेन्टको चिसोमा रात विताउन बाध्य बनाएको छ । स्थानियले मौलिक हक र प्राकृतिक स्रोत उपभोगको अधिकार माथिको ठाडो उलङ्घन भएको भन्दै निकुञ्जले आफूहरुमाथि अन्याय गरेको बताए । निकुञ्ज र जनताबीच सम्बन्ध थप बलियो बनाउनुको साटो निकुञ्जले आफूहरुमाथि ज्यादती गरेको स्थानीयको आरोप रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com