प्रधानमन्त्री ओलीलाई चिकित्सकले दिए अति दौडधुप नगर्न सुझाव


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था एकदम ठीक भएपनि अति दौडधुप नगर्न सुझाएका छन् । मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट भास्कुलर सेन्टर पुगेका ओलीलाई चिकित्सहरुले उमेरका कारण धेरै दौडधुप नगर्न सुझाएका हुन् ।

ओलीको स्वास्थ्य परीक्षण डा. अरुण सायमी नेतृत्वको पुरानै चिकित्सक टोलीले गरेको थियो ।

दशैंलगत्तै अस्वस्थ भई एक साता लामो उपचारपछि निवास फर्केका ओलीले मंगबालर दिउँसो मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट भास्कुलर सेन्टर पुगि नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com