वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभएको छ ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताउनुभयो । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उहाँल जानकारी गराउनुभयो ।

सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उहाँले उल्लेख गर्नुभयो । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उहाँले आपसी सम्बन्ध अभैm प्रगाढ बन्दै गएको बताउनुभयो ।

दुई पार्टीबीचको एकिकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताउनुभयो । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उहाँले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com