दलित विद्यार्थीलाई मुख्यमन्त्रीद्वारा चेक हस्तान्तरण


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीलाई रु साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फँुयालसहितको उपस्थिति रहेको थियो ।

छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका–२ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नपा–१ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच उपचार खर्चको आभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com