अम्बानीकी छोरीको विवाहमा सलमान खान बने डान्सर


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

भारतका धनाड्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह यही डिसेम्बर १२ मा हुँदैछ । अहिले भारतको उदयपुरको होटल उदय विलासमा विवाह अघिका कार्यक्रमहरु चलिरहेका छन ।

डिसेम्बर ९ मा ईशा अम्बानीको संगितको कार्यक्रम भएको थियो । जहाँ अमेरिकन पप स्टार वियोन्सेले एक रातको १५ करोड रुपैयाँ पारिश्रमिक लिएर प्रस्तुती दिएकी थिइन भने बलिउडका स्टार शाहरुख खान उनकी पत्नी गौरी खान, ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन, आमिर खान जस्ता कलाकार समेत नाचेको  थिए ।

यसैबीच सामाजिक संजालमा सलमान खानको एक यस्तो भिडियो सार्वजनिक भयो जुन भिडियोले सलमानका फ्यानहरुलाई आश्चर्य चकित बनाएको छ । यस भिडियोमा अम्बानीका छोरा अनन्त अम्बानीकी प्रेमिका नाचिरकेकी छिन भने उनका साथमा बलिउडका दवंग सलमान खान नाचिरहेका देखिन्छन ।

यसैबीच जब अम्बानीका छोरा अनन्त अम्बानी गितार लिएर स्टेजमा आउँछन । त्यसपछि सलमान खान पछि हट्दै अनन्त र उनकी प्रेमिकाको पछाडी गएर नाच्न थाल्छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा सलमान खानले निलो रंगको शुट लगाएका छन भने स्टेजमा शाहरुख खानको फिल्म ‘कुछ कुछ होता हे’ को गित ‘मुझको क्या हुवा हे’ मा अनन्त अम्बानी अगाडी आएर प्रेमिकाका साथ नाचिरहेका छन भने सलमान खान पछाडी रहेका ब्याकग्राउण्ड डान्सरहरुका साथ नाचिरहेका छन । बलिउडका टाइगर सलमान खान यसरी नाचिरहेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com