केरुङ काठमाडौं रेलमार्गबारे छलफल


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

केरुङ काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ।

उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ। चीनका उच्च स्तरिय सरकारी टोलि  र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्ष बीच छलफल सुरु भएको हो।

बैठकमा केरुङ काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटी बारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ। छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ।

यो छलफलले डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ। साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com