सिक्लेस जाने बाटो निर्माणमा सहयोग गर्छु :अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिक्लेस सम्म पुग्ने सडक पीच बनाउनका लागी सहयोग गर्ने बताएका छन ।

पूर्व प्रधानमन्त्री प्रचण्ड सोमबार सिक्लेसमा निर्माण सम्पन्न भएको शान्ति स्तम्भको उद्घाटनमा जाने क्रममा बिजयपुर खोलामा निर्माण हुन लागेको पक्की पुलको सिलान्यास गर्दै सिक्लेस संगको आफ्नो नाता आत्मिय रहेको बताउदै आज सिलान्यास गरिएको पुल समयमा नै निर्माण सम्पन्न गर्न र पोखरा देखी सिक्लेससम्मको बाटो पीच गर्न आफ्नो तर्फबाट सहयोग गर्ने बताएका हुन ।

प्रचण्डले पहिलोचोटी कास्कीको सिक्लेसबाट काठमाण्डौ गएको र त्यस बेला तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आफुलाई लिन आएको स्मरण गराउदै सिक्लेस बासी जनताको बारेमा बुझ्ने र उनीहरुसंगै आजको रात बिताउने समेत बताए ।

पोखरा महानगरबाट नजिकै रहेरपनि पोखरासंग नजिकै रहेको भएतापनि हालसम्म पनि बाटो राम्रो नभएको सुन्नमा आएको बताउदै आफ्नो तर्फबाट सिक्लेससम्मको बाटो निर्माण र आज सिलान्यास भएको पुल समयमा नै सम्पन्न गर्नका लागी आफ्नो तर्फबाट नैतिक र ब्यवहारिक रुपमा र आफ्नो तर्फबाट सहयोग हुने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com