निर्मला प्रकरण : लागुऔषध दिएर अपराध कबुल


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पु¥याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका –१८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालधारीस्थित प्रहरी विटमा जाहेरी दिएका थिए ।

पक्राउ परेका विशाल चौधरीका बुबा वीरबहादुर चौधरीले आफ्नो छोरालाई लागुऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप लगाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com