तीन महिनाभित्र महिलाका मुद्दा टुङ्ग्याऊः प्रधानन्यायाधीस कार्की


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतद्वारा पोखरामा आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताउनुभयो ।

“न्याय प्रदान महिला हक अधिकार तथा न्यायिक उपचारका विषयमा जानकारीको अभाव, खर्च व्यवस्थापन गर्ने क्षमताको कमी, झन्झटिलो कार्यविधि, अस्पष्ट कानुनी व्यवस्था, सेवाग्राहीमैत्री वातावरणको अभावजस्ता विविध कारणले गर्दा महिलाको न्यायमा पहुँचमा अवरोध रहेको छ” – उहाँले भन्नुभयो ।

अदालतद्वारा फैसला गरिएका मुद्दाको कार्यान्वयनका लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले पीडितलाई तत्काल न्याय र पीडकलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी बताउनुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्यायमा महिलाको पहुँच अझै पुग्न नसकेको बताउँदै महिलालाई न्याय प्रदान गर्ने सन्दर्भमा सोच र मूल्य मान्यतामा परिवर्तन नआएको बताउनुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बराल, न्यायाधीश तिलकप्रसाद श्रेष्ठ, कास्की जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेल, न्यायाधीश सत्यराज गुरुङलगायतले महिलाको न्यायमा पहुँचको विषयमा सबै सरोकारवाला पक्ष समान रुपमा संवेदनशील हुनु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com