कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान शुरु


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ ।आईतबार देखि हुम्लाको सिमीकोट,जुम्लाको खलंगा,रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो ।

नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णाली बासीलाई नियमित हवाई सुविधा दिन व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ट्विनेटर जहाजमा खराबि र पाईलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महिनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन् ।

सोमबार मात्र नेपाल एयरलाइन्सले डोल्पाको जुफाल,मुगुको ताल्चा,रुकुमको सल्ले र बाजुरा उडान गरेको समेत विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णाली बासीको लागि जिल्ला बाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णाली बासीलाई राहत मिलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल एयरलाइन्स सहित तारा,सीता,समिट एयरलाइन्सले कर्णालीमा हवाई सुविधा दिँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com