कर तिर्ने सहज वातावरण सरकारले मिलाउनु पर्छ :अर्थमन्त्रि खतिवडा


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

अर्थमन्त्रि डा.युवराज खतिवडाले मुलुकको चालु खर्च आफनै आम्दानीवाट संचालन गर्नका लागि पनि केही रुपमा करको दर बढेको बताउनुभयो ।

उहाँले व्यवसाय गर्नेले आय कर र मुल्य अभिबृद्धि कर तिनै पर्छ तर कर तिर्ने सहज वातावरण सरकारले मिलाउनु पर्नेमा जोड दिनु भयो । संघियताले मुलुकमा खर्च बढाएको र सोको परिपूर्तिका लागि करको दर बढाउनु परेकोे बताउनु भयो ।

बुटवल उद्योग वाणिज्य संघको ६५ औं बार्षिक साधारण सभाको सोमवार बुटवलमा उदघाटन गदैं अर्थ मन्त्री खतिवडाले व्यवसाय गरेर आम्दानी गर्नेले र राज्यवाट सेवा लिनेहरुले सरकारलाई कर तिर्ने पर्ने धारणा राख्नु भयो ।

अर्थमन्त्री खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताउदै मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु १, २ महिनाभित्र संशोधन भइसक्ने दावि गर्नु भयो ।
अर्थ मन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले वहुवर्षिय आयोजनामा सरकारको अनुगमन गर्ने परिपार्टी कमजोर रहेको खुलासा गदैं नीजि क्षेत्रले सरकारलाई ताकेता गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रदेश नम्बर ५ का उद्योग, बन, वातावरण मन्त्री लिला गिरीले उद्योगी व्यवसायीले प्रदेशको राजधानी रहेको बुटवलमा सोको स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिएकोमा प्रसंशा व्यक्त गदै प्रदेश सरकारले आफनो भौतिक संरचना बनाए पछि उद्योगी व्यवसायीका संरचना फिर्ता गर्ने समेत बताउनु भयो ।

संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल तथा केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ संघका महा सचिव दिनेश श्रेष्ठ सहित बिभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले उद्योग, पेशा व्यवसाय गर्ने वातावरण नहुदाँ समस्या विकराल भएको भन्दै संघियतासंगै सवै क्षेत्रमा कर बढेको गुनासो राख्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com