संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा जनमत संग्रह


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

बुटवल, ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध नेविसंघले आज बुटवलमा जनमत संग्रह गरीरहेको छ ।
बुटवलको पुष्पलाल पार्कमा जनमत संग्रह भएको हो । जनमत संग्रहमा पहाड र तराईमिलेर बनेको ५ नम्बर प्रदेश टुक्राउन हुने र नहुने दुइ मत राखीएको छ ।

बिहान ८ बजेबाट सुरु जनमत संग्रह मध्यान्ह साढे १२ बजेसम्म चलेको थियो । त्यसमा १८ हजार २सय ७३ जनाले मत राखेको नेविसंघ उपाध्यक्ष प्रकाश रानाले बताए । मतगणना सुरु भएकाले दिउसोसम्म मत सार्वजनीक गर्ने उनले बताए । श्राेत : द लुम्बिनी रिभ्यू

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com