डिसीमा समर म्युजिकल साँझ


प्रकाशित मिति : श्रावण १६, २०७३ आईतबार

-विजय थापा

 
भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l  डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न  ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l 
 
 संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई ,हरिश माथेमा ,बाबु बोगटी ,बिजय अधिकारी ,सुनिल उप्रेती ,निक्की कार्की ,बिनय पौडेल ,सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो l 
 
दिपेश किशोर भट्टराईले मलाई माफ गरि देउ ,भेडाको उन जस्तो ,हरिस माथेमाले आँखाको नानी हौ तिमि ,मायाले माया गासि देउ तथा बाबु बोगटीले सान नानि तिमिलाई ,तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरु प्रस्तुति गरेका थिए l 
 
प्रतक्ष्य संगीत माध्यम बाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की ,बिजय अधिकारी ,सुनिल उप्रेती ,बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरुले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए l 
 
दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुति गरेका थिए l यसै गरि नेपाली चलचित्रकि नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गितमा बेजोड प्रस्तुति गरेको थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुति गरेकी थिइन् l कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दि चलचित्रका केहि सदाबहार गीत प्रस्तुति गरेका थिए l 
 
कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देस्यले आगामी अगस्त महिनामा भर अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए l 
 
कार्यक्रममा पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले खरिद गरेको टिकटबाट भाग्यशाली बिजेतालाई उक्त कम्प्युटरको लागि बिशेष तालिम निशुल्क प्रदान गर्ने घोषणा गर्यो l 
 
आयोजक भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले सबैलाई बिशेष धन्यबाद दिएका थिए l 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com