५० हजार डलर तिरेर अमेरिका आउन खोजेको आरोप लागेपछि मनोजकुमार चन्दले गरे प्रतिवाद


प्रकाशित मिति : श्रावण १६, २०७३ आईतबार

५० हजार डलर तिरेर अमेरिका आउन खोजेको आरोप लागेपछि मनोजकुमार चन्दले आरोपको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन् । रिपोटर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मनोजले भने – ‘५० हजार डलर तिरेर अमेरिका जान खोजेको भन्दै ममाथि आरोप लगाउनेले आरोप फिर्ता लिंदै माफी नमागे अदालतमा जान्छु ।’

दुबै हात, दुबै खुट्टा, दुबै कुइनो मुखबाट र एकैसाथ ६ वटा कलमले लेख्न सक्ने प्रतिभा मनोजलाई एनआरएनको क्षेत्रीय सम्मेलनमा उपस्थीतिका लागि निमन्त्रणा गरिएको थियो । काठमाडौंमा रहेको अमेरिकी दूतावासको कन्सुलर सेक्सनलाई सम्बोधन गरेर लेखिएको पत्र सार्वजनिक भएपछि केही व्यक्तिले सामाजिक सञ्जालमा उनीमाथि ५० हजार डलर तिरेर अमेरिका आउन खोजेको आरोप लगाएका थिए भने आयोजकमाथि मानवतस्करीको आरोप लगाएका थिए ।

स्थायी घर बैतडी भई हाल काठमाडौंमा बस्दै आएका मनोजले दुईबर्ष अगाडि फाउण्डेशनको सुरुवात गरेका थिए । तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादव र तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले पनि उनको प्रतिभाबाट प्रभावित भएको बताउँदै सहयोगको प्रतिबद्धता जनाएका थिए । एनआरएन अध्यक्ष शेष घले र नेपाल सरकारका अधिकारीहरुको सुझावपछि चन्दको प्रतिभाको कदर गर्दै एनआरएनको क्षेत्रीय सम्मेलनमा निमन्त्रणा गरिएको थियो ।

उनले थप के के भने ? हेर्नुहोस् पत्रकार सम्मेलनको भिडियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com