सिरहामा दिउँसै लुटियो २५ लाख


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।

कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहबाट उक्त रकम लुटिएको मिर्चैया प्रहरीले जनाएको छ।

मिर्चैया–कल्याणपुर सडकखण्डमा दिउँसो १२ बजे उनी लुटिएका हुन्। मनी ट्रान्सफरका सञ्चालक साह पैसा लिएर मोटरसाइकलमा ग्लोबल आइएमई बैँक मिर्चैयाबाट कल्याणपुर जाँदै थिए।

दुई मोटरसायकलमा आएका चारजनाले उक्ट रकम लुटेका हुन्। मिर्चैयाका डीएसपी दीपेन्द्र साहका अनुसार लुटेराको  खोजी भइराखेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com