जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

ओखलढुंगा – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन ।

सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ।

यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने ‘वृद्ध अपांक भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्ले मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाँउपालिकामा मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र दिई अभिलेख राख्ने गाँउपालिकाले जनाएको छ। अभिलेख राख्दा मृत्यु भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति एकै हो कि होइन भन्ने निक्योल गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com