अमेरिकाको स्टोरमा दिउसै गोली प्रहार, गोरखाकी रचना श्रेष्ठ गम्भिर घाइते


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

ओक्लोहोमा राज्यको अटोकामा रहेको स्टोरमा काम गर्ने नेपाली महिलालाई लुटेराले दिउसै गोली हानेका छन् । गोरखाकी रचना श्रेष्ठमाथि लुटेराले ८ राउण्ड गोली हानेको जनाइएको छ । युएस ७५ को कर्नरमा रहेको बडिज ह्याण्डीमार्टमा कार्यरत उनलाई गोली लागेर ढलेको अवस्थामा फेला पारिएको थियो ।

दिउसो सबा १२ बजेतिर टाउकोबाट रक्तश्राव भइरहेको अवस्थामा भेटिएकी उनलाई अटोका अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई एयर एम्बुलेन्समार्फत तुल्सा अस्पतालमा लगिएको छ ।

लुटेराले पसल लुट्ने क्रममा उनीमाथि कैयन पटक गोली हानेकाले घाइतेको अवस्था चिन्ताजनक रहेको छ । घटनापछि ग्यास स्टेशन सहितको उक्त स्टोर बन्द गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली हान्ने व्यक्तिलाई नजिकैको म्याकडोनाल्डबाट गिरफ्तार गरिएको छ । १८ बर्षको जिमुन्तेज हिललाई ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

फोर्थ जुलाईको पूर्व सन्ध्यामा भर्जिनियामा ग्यास स्टेशनमा काम गर्ने नेपाली रेशम बजगाई मारिएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो । राती सबा १ बजे ४० बर्षीय बजगाईको हत्या भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com