साली भिनाजु मिलेर सिलौटामा ठोकि सुनकुमारीको हत्या


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ ।

शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा २०७३ असोज २६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ ।

सुनकुमारीको उपचारका क्रममा यसरी थुनामा परेका साली भिनाजु जालकुमारी र ध्रुवलाई रु २५ हजार धरौटीमा छोड्न सकिने भएपनि धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागि उनीहरु हालसम्म पनि कारागारमा थुनामा रहँदै आएका थिए ।

यस्तै, जिल्ला न्यायाधीवक्ता सुवर्णमान बनेपालीले सुनकुमारीको मृत्यु भएको हुँदा थप अनुसन्धान गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा कारागारमा धरौटीमा रहेका साली भिनाजु जालकुमारी र ध्रुवलाई आवश्यक प्रक्रिया पुर्याई कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडि बढिराखेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार हालसम्मको अनुसन्धानका क्रममा र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतक सुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको बुझिएको छ । यसरी सुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएको बनेपालीको भनाइ छ ।

प्रनि श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि सुनकुमारीका श्रीमान् धु्रव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यसरी घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय, घर्तीगाउँ, रोल्पाले उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेको हो ।

कार्की रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमा रहेका छन भने जालकुमारी भने करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगै कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावका कारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका एकमात्र दाजु आर्थिक अभावका कारण जीवन गुजाराका लागि करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् ।

प्रनि श्रेष्ठका अनुसार सुनकुमारीलाई साली भिनाजु मिलेर कुटपिट गर्दा घरमा अन्य कोही नभएको हुँदा घाइते सुनकुमारी रातभरि सिलौटामा ठोकिएकै ठाउँमा लडिरहनुभयो । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामा फर्किएको र मदिराले मातेका सुनकुमारीका श्रीमान् भने घरमै बसेको अनुसन्धानका क्रममा खुलेको छ ।

यसरी पेटभरि खान र एकसरो कपडा लगाउनकै लागि अर्काको घरमा काम गरेर दिन गुजार्दै आएकी बिनिताकी आमा सुनकुमारीको मृत्यु भएको र बुबा ध्रुव पनि कर्तव्य ज्यान मुद्दामा जेल चलान हुने भएपछि छोरी विनिताको भविष्य अब थप अन्यौल बन्दै गएको देखिएको छ ।

घाइते आमा सुनकुमारीको हेरचाहमा लामो समयसम्म स्तब्ध बनेको र अन्तमा आमाको पार्थिव शरीरमा दागबत्ती दिएर फर्केकी विनिताको मनलाई सान्त्वना दिन र उनको भविष्यका बाटा खुल्ला गर्नका लागि यतिबेला विनितालाई सहयोगी हातको खाँचो छ । अर्काको घरमा काम गरेर गाउँकै सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी विनिताको भविष्यका बारेमा सरोकारवालाले सोच्नुपर्ने अवस्था छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com