सुजताको उपचारमा ५० लाख दिने मन्त्रिपरिषद्को निर्णय


प्रकाशित मिति : कार्तिक २८, २०७३ आईतबार

आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।स्तन क्यान्सर पीडित कोइरलाको सिंगापुरमा उपचार भइरहेको छ। उनी उपचार गर्न आइतबार नै सिंगापुर पुगेकी छिन। मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको सूचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिए।

बैठकले भूकम्पपछि बिस्थापित भएको शान्ति तथा निशस्त्रिकरण सम्बन्धि एसिया कार्यालय स्थापनाका लागि एक लाख ११ हजार ६ सय ८५ हजार डलर रकम छुट्याएको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा सञ्चारमन्त्री कार्कीले कार्यालय स्थापनाका लागि नेपाल सरकारले आर्थिक सहयोग गरेको जानकारी दिए।

उनले एशियाली विकास बैंकले सौर्य उर्जामार्फत उर्जा संकट निवारणका लागि विश्व बैंकले अनुदानस्वरुप दिने २ अर्ब १२ करोड रुपैयाँ लिनका लागि वार्ता गर्न अर्थमन्त्रालयलाई जिम्मेवारी दिएको समेत उल्लेख गरे। बैठकले जनता आवास कार्यान्वयन कार्यक्रम र राष्ट्रिय शहरी विकास रणनीतिक प्रस्तावलाई थप छलफलका लागि मन्त्रिपरिषद अन्र्तगतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय समेत गरेको छ।

बैठकले भौतिक योजना मन्त्रालयका विभिन्न पदमा नयाँ दरवन्दी थप गर्ने निर्णय गरेको छ। बैठकमा संविधान संसोधनका बारेमा छलफल भएपनि कुनै निर्णय नभएको मन्त्री कार्कीले जनाए। सबै पक्षसँग सहमति भएपछि मात्र संविधान संसोधन प्रस्ताव दर्ता गर्ने सरकारको रणनीति अनुसार सबै पक्षसँग छलफलको प्रयास जारी रहेको उनको भनाई थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com