विप्लवका नेता कार्यकर्ता काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ


प्रकाशित मिति : कार्तिक २८, २०७३ आईतबार

जबर्जस्ती बन्द गराउँदे हिड्ने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता कार्यकर्ताहरु काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ परेका छन् ।

बन्द सफल पार्न विहान उज्यालो नहुँदै विभिन्न ठाउँमा लुकिछिमी बन्द गराउने तथा गाडी तोडफोड गर्ने क्रममा प्रहरीले माओवादीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ७६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

विप्लवका विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । विद्यार्थी सगठन अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह, उपाध्यक्ष लालबहादुर तामाङ, महासचिव दीपेन्द्र चलाउने, राष्ट्रिय युवा जनस्वयंसेवक ब्युरोका अध्यक्ष झकबहादुर मल्ल ‘सुदिप’ लगायत अधिकांश नेताहरुलाई पक्राउ परेका छन् ।

पार्टी पोलिटब्यूरो सदस्य पुन रत्नपार्कबाट तथा जनस्वयंसेवक अध्यष सुदिपसहितका नेता कार्यकर्ता कोटेश्वरबाट तथा विद्यार्थी नेता कार्यकर्ताहरु आइतबार विहानै कलंकीबाट पक्राउ गरेका हुन् ।

यस्तै, चन्द्र बुढासहितका विद्यार्थी नेताहरु बालाजुबाट पक्राउ परेको विप्लव माओवादीले जनाएको छ । बन्द गराउँदै हिड्ने नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि काठमाडौंमा बन्दको प्रभाव कम हुँदै गएको छ । आंशिक मात्रामा सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन् । राजधानी उपत्यकाबाहिर भने बन्दको बढी प्रभाव परेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com