नेपालगन्ज विमानस्थलमा रहेको जग्गा विवाद उत्कर्षमा


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद यहाँ उत्कर्षमा पुगेको छ ।

नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आप्mनो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो ।

निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको बताउनुभयो ।

प्राधिकरणले गत असार १९ गते राति डोजर लगाएर उक्त जग्गामा रहेका दुईवटा इन्जिनियरिङ भवन भत्काएपछि सुरक्षाको माग गर्दै निगमले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निगमले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा निगमका क्षेत्रीय प्रबन्धक पाण्डेले प्राधिकरणले अराजक शैलीमा भवन भत्काउँदा बहुमूल्य सामान नष्ट भएको बताउनुभयो ।

अर्कोतर्पm नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जग्गाको लालपूर्जा प्राधिकरणको नाममा भएको दाबी गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “एअरपोर्ट विस्तार गर्नु प¥यो, त्यसका लागि जग्गा खाली गर्न पटक पटक पत्राचार गर्दा पनि अटेर गरेपछि बाध्य भएर भवन भत्काएको हो ।”

“दुई संस्थाबीचको यो विवाद कि स्थानीय निकायबाट अथवा मन्त्रालयस्तरबाट समाधान गर्नु उपयुक्त हुन्छ”–बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्पष्ट पार्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com